३१ जेष्ठ २०८३, आइतबार

बिहार : नीतीश कुमारले दिए राजीनामा, सम्राट चौधरी मुख्यमन्त्री बन्दै

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् ।

अप्रिल १० मा राज्यसभा सांसदको शपथ लिएका नीतीशले आज मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले लामो समयदेखि बिहारको नेतृत्व गर्दै आएका छन् ।

२४ नोभेम्बर २००५ मा मुख्यमन्त्री बनेका नीतीशले २०१४ मा जितनराम माझीलाई मुख्यमन्त्री बनाए र पद त्यागेका थिए । तर, एक वर्षभित्रै उनले फेरि सत्ता सम्हाले । त्यसबेलादेखि उनले धेरै पटक गठबन्धन परिवर्तन गरेका छन्, तर निरन्तर मुख्यमन्त्रीको पद सम्हालेका छन् ।

नीतीशले अन्तिम पटक २०२५ को विधानसभा चुनावपछि मुख्यमन्त्रीको शपथ लिएका थिए । त्यो मुख्यमन्त्रीको रूपमा उनको १० औं कार्यकाल थियो ।

नीतीश करिब २० वर्षसम्म मुख्यमन्त्रीको रूपमा काम गरेका छन् । उनको पार्टी बिहारमा २००५ देखि सत्तामा छ ।

बिहारमा अब नयाँ सरकार गठन हुनेछ । नीतीश आफैले नयाँ बन्ने सरकारलाई समर्थन गर्ने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहारको नयाँ मुख्यमन्त्री भाजपा नेता सम्राट चौधरी बन्नेछन् । मंगलबार बसेको सत्ता गठबन्धन दलको बैठकले उनलाई सर्वसम्मतिले दलको नेतामा चयन गरेको हो । चौधरीले भोलि (बुधबार) बिहान ११ शपथ लिनेछन् ।