काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘डिजिटल मन्थ उत्सव–१९ औं वार्षिकोत्सव क्याम्पेन २०८३’ नाराका साथ आज वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म भव्य रुपमा मनाउने भएको छ ।
वैशाख महिनाभर सञ्चालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्नेछ । यस अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय डेबिट कार्डलाई पस वा ई–कर्मस ट्रान्जेसनमार्फत सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम् १९० रुपैयाँ क्यासब्याक, मोबाइल बैंकिङ अथवा डिजी बैंकमार्फत ई–कम कार्ड अनुरोध गरेमा जारी शुल्कमा ५० प्रतिशत छुट, निष्कृय व्यवसायिक क्यूआर भएका ग्राहकहरुले आफनो क्यूआर सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम् १९० रुपैयाँ क्यासब्याक, होटल तथा रेष्टुरेन्टहरुमा पस मेशिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट, मोबाइल बैंकिङ अथवा डिजी बैंकमार्फत लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५० प्रतिशत छुट, पारिवारिक सदस्यहरुको नयाँ खाता रिफेर गरेमा प्रतिखाता १०० रुपैयाँ क्यासब्याक, मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्सको रकम भुक्तानी लिएमा २०० रुपैयाँ क्यासब्याक जस्ता सुविधाहरु प्रदान गर्नेछ । यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको हो । यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया