काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।
विभिन्न योजनाहरुअन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवर्द्धन वर्षको रुपमा मनाउने बैंकको योजना अनुरुप महालक्ष्मी विकास बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत बैंकका सबै सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ प्लेटफर्ममार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तिमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथामार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्न सफल हुनेछन् । विजेता ३ जना प्रयोगकर्ता आन्तरिक पर्यटनअन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडीसहित भ्रमण गर्न पाउनेछन् । साथै, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवर्द्धन गर्नेछ । मोबाइल बैंकिङ प्रयोगकर्ताले प्राप्त गर्ने फन पोइन्टस रिवार्डस् एपमा जम्मा हुनेछ । यो एप प्ले स्टोर तथा एप्स स्टोरमार्फत डाउनलोड गर्न सकिनेछ । यस्तो रिवार्ड पोइन्ट निश्चित शर्तभित्र रही ग्राहकहरुले विभिन्न सामानहरु खरिद गर्दा तथा अन्य कार्यहरुमा प्रयोग गर्न सक्नेछ्न ।
नयाँ वर्षको २०८३ कै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जा समेत सञ्चालनमा ल्याएको छ । महालक्ष्मी घर कर्जाअन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी कर्जा प्रदान गर्नेछ । यस्तो कर्जाको ब्याजदर ७ वर्ष अवधिको लागि स्थिर समेत रहनेछ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेका छन् ।








प्रतिक्रिया