काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ ।
टेलिकमका अनुसार अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछ । न्यु इयर लाइटअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
त्यसैगरी, न्यु इयर प्रिमियमअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । आजदेखि आगामी २०८३ वैशाख २ गतेसम्म अफरअन्तर्गतको प्याकेज खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ ।
नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट स्टार१४१५स्टार११ह्याच डायल गर्न सकिनेछ । नेपाल टेलिकम एपबाट समेत प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।








प्रतिक्रिया