१६ असार २०८३, मंगलबार

मन्त्रीहरुको सम्पत्तिबारे हर्क साम्पाङको टिप्पणी– स्रोतबिनाको सम्पत्ति भ्रष्टाचार हो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारमा रहेका प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरुको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन् । साम्पाङले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण आए पनि त्यो कसरी आर्जन गरियो भन्ने कुरा प्रष्ट नभएको बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका हुन् । ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ! स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’ साम्पाङले फेसबुकमा लेखेका छन् ।