काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानलाई सहयोग नगर्न धम्की दिएका छन् ।
ट्रम्पले आइतबार एक अन्तर्वार्तामा चीनले इरानलाई सैन्य सहयोग प्रदान गरेको पाइएमा उसले ५० प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने बताएका हुन् । यसअघि पनि ट्रम्पले चीनलाई चेतावनी दिँदै इरानलाई हतियार पठाएमा त्यसको परिणाम भोग्नुपर्ने बताएका थिए ।
ट्रम्पले बेलायत र केही अन्य देशहरूले होर्मुजको जलडमरूममा बारुदी सुरुङ हटाउने नौसेना जहाजहरू पठाउने पनि बताए ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले सही समय आएपछि इरानविरुद्ध कारबाही गर्ने र त्यसको लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए ।








प्रतिक्रिया