काठमाडौं । पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन बनेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताहरूबीच असफल वार्ताको बारेमा छलफल भएको हो ।
समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार छलफलमा पुटिनले मध्यपूर्वमा दिगो समाधानको लागि रुस तयार रहेको बताए । पुटिनले क्षेत्रीय तनाव कम गर्ने र राजनीतिक समाधान खोज्ने आवश्यकतामा जोड दिँदै सैन्य कारबाहीको सट्टा राजनीतिक र कूटनीतिक समाधान खोज्न आह्वान गरेका छन् ।
राष्ट्रपति पुटिनले न्यायपूर्ण र दिगो शान्तिको लागि रुस मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको पनि बताए ।
मिडिया रिपोर्टका अनुसार पुटिनले यसअघि पनि जारी हिंसाबारे चिन्ता व्यक्त गर्दै आएका छन् । उनले अहिलेको परिस्थितिलाई शान्त पार्न खाडी देशहरूसहित धेरै पक्षहरूसँग सम्पर्क जारी राखेका छन् ।








प्रतिक्रिया