काठमाडौं । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत यामाहा ब्लू फेस्ट आयोजना गर्दै नयाँ एफजेड एस एफआई न्यु जेन मोटरसाइकल सार्वजनिक गरेको छ ।
कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको थियो ।
ब्लू फेस्टको औपचारिक सुरूवातको रूपमा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुपविक्रम शाहीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण ‘लिड द नेक्स्ट’ थीमअन्तर्गत यामाहा एफजेड एस न्यु जेनको आधिकारिक सार्वजनिकरण रहेको थियो । अध्यक्ष अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेड सिरिजको नयाँ अध्यायको सुरुवात गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले भने, “हामी ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्न केन्द्रित छौँ । यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन् । यसमध्ये एफजेड सिरिज नेपाली राइडरहरूको सबैभन्दा विश्वासिलो रोजाई बन्दै आएको छ ।”

कम्पनीका अनुसार एफजेड सिरिज लामो समयदेखि कम्युटर सेग्मेन्टमा लोकप्रिय रहँदै आएको छ, र न्यु जेनले थप सुधारिएका फिचर र नयाँ डिजाइनसहित सो यात्रालाई निरन्तरता दिएको छ । नयाँ यामाहा एफजेड एस एफआई न्यु जेन हरेक दिनको प्रयोगमा आत्मविश्वास, स्टाइल र स्मार्ट प्रविधि खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले बाइकका ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाई कनेक्ट जस्ता विशेषताहरूबारे जानकारी दिँदै भने, “एफजेड एफआई न्यु जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने आजका राइडरका लागि तयार गरिएको हो । यस मोडलमार्फत हामीले अझ स्मार्ट, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौँ ।”
कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारीले ब्लु फेस्टअन्तर्गत उपलब्ध अफर, मूल्य संरचना र नयाँ मोडलका प्रमुख विशेषताबारे विस्तृत जानकारी दिँदै यामाहाको ग्राहक केन्द्रित दृष्टिकोण र मूल्यमा आधारित बजार रणनीतिबारे जानकारी दिए ।
ब्लू फेस्टको अर्को प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका थिए । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिताले बजार अनुसारको उचित मूल्याङ्कन सुनिश्चित गर्दै पारदर्शी र प्रतिस्पर्धी एक्सचेन्ज सुविधा प्रदान गरेको थियो । साथै, ग्राहकहरूले नागरकिता मार्फत तुरुन्तै फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको लचिलो ईएमआई विकल्प तथा ब्लु फेस्ट योजनाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्मको क्यासब्याक सुविधा पनि प्राप्त गरेका थिए ।








प्रतिक्रिया