भैरहवा । बुद्ध क्रिकेट क्लब भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एक दिवसीय क्रिकेट प्रतियोगिताको ‘ए’ डिभिजनमा उक्लिएको छ ।
‘बी’ डिभिजनको आइतबारको खेलमा साई ग्लोबल क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै बुद्ध ‘ए’ डिभिजनमा बढुवा भएको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले २५ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९० रनको झिनो लक्ष्य खडा गर्यो । उसलाई सस्तैमा रोक्न बुद्धका अनुज चौहानले ७ ओभर ३ बलमा ३ मेडनसहित ११ रन खर्चेर महत्वपूर्ण ६ विकेट हात पारे ।
यस्तै, प्रवेज आलमले २ तथा सुरज गुरुङले १ विकेट लिए । साई ग्लोबलका अजय चाईले ३३, बासुदेव यादवले १५ र जितेन्द्र केवटले १० रन बनाए ।
जवाफी ब्याटिङ गरेको बुद्धले १४ ओभर १ बलमा २ विकेटको नोक्सानीमा ९३ रन बनाउँदै सहजै जित निकालेर ‘ए’ डिभिजनमा बढुवा भयो । उसको जितमा सुरज पौडेलले अविजित ५३ र साहिल पटेलले १७ रनको योगदान गरे ।
बलिङमा साई ग्लोबलका जितेन्द्र केवटले २ विकेट लिए । खेलमा अनुज चौहान प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।








प्रतिक्रिया