२७ असार २०८३, शनिबार

करण केसीलाई एक खेलमा प्रतिबन्ध, म्याच फी काटिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिकेटर करण केसीलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ ।

विवादित स्टाटसलाई लिएर केसीलाई क्यानले कारबाही गरेको हो । क्यानले उनलाई एक म्याचमा प्रतिबन्ध र म्याच फी काट्ने निर्णय गरेको छ । जसअनुसार करणले आज नेपाल पुलिस र मधेसबीचको म्याच खेल्न पाएनन् । उनको आजको म्याचको म्याच फी पनि काटिएको छ।

करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्टाटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ रु भन्ने उनको प्रश्न थियो ।

करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।

करणले हिजै उक्त स्टाटस हटाएर क्षमायाचना गरिसकेका छन् ।