११ असार २०८३, बिहिबार

लगातार तीन हारपछि चेन्नईको पहिलो जित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चेन्नई सुपर किंग्सले जारी आईपीएल क्रिकेटमा यस सिजनको पहिलो जित हासिल गरेको छ । शनिबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।

चेपक स्टेडियममा दिल्लीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनायो । जवाफमा दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि ट्रिस्टन स्टब्सले ३८ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए । चेन्नईका जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिए भने अंशुल काम्बोजले ३ विकेट लिए ।

चेन्नईका लागि ओपनर सञ्जु सामसनले शानदार शतक बनाए । उनले ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित ११५ रन बनाए भने आयुष म्हात्रेले ५९ रन बनाए ।

दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए ।

जारी सिजनमा लगातार तीन हारपछिको पहिलो जितसँगै चेन्नई दुई अंकसहित तालिकामा ९ नम्बरमा छ । दिल्ली लगातार दोस्रो हारपछि तालिकामा चौथो नम्बरमा छ ।