१६ असार २०८३, मंगलबार

आईपीएल : पञ्जावले सनराइजर्सलाई ६ विकेटले हरायो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पञ्जाव किंग्सले जारी आइपीएलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।

शनिबार दिउँसो भएको खेलमा सनराइजर्सले दिएको २२० रनको लक्ष्य पछ्याएको पञ्जावले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले अविजित ६९ रन बनाएका थिए भने प्रियान्स आर्याले ५७ रन बनाएका थिए । प्रभसिमरन सिंहले ५१ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्माले ७४ रन बनाएका थिए भने हेईनरिच क्लासेनले ३९ र ट्राभिस हेडले ३८ रन बनाएका थिए ।

यो जितपछि पञ्जाव किंग्सको ४ खेलमा ७ अंक भएको छ र तालिकाको दोस्रो स्थानमा रहेको छ । सनराइजर्सले भने ४ खेलमा तेस्रो हार बेहोरेको छ र २ अंक रहेको छ ।