७ श्रावण २०८३, बिहिबार

ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहमा आज ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आगलागीबाट धर्मदेव दासको जस्ताले बनेको चार कोठे घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिए । आगलागीबाट दासको तीन कोठे भान्सा घरसमेत जलेर नष्ट भएको छ ।

आगलागीमा परेर खाद्यान्न, लत्ताकपडा र फर्निचरसहित गरी अनुमानित ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बाटो साँघुरो भएकाले समयमै बारुण यन्त्र घटनास्थलसम्म पुर्‍याउन नसक्दा बढी क्षति भएको थियो ।

स्थानीयबासी, प्रहरी र नगरपालिकाको बारुणयन्त्रको संयुक्त प्रयासमा आगो निभाइएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।