७ श्रावण २०८३, बिहिबार

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्न नहुने नेकपाको निष्कर्ष

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ट्रेड युनियन र विद्यार्थी संगठनहरूलाई खारेज गर्न नहुने निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले ट्रेड युनियन र विद्यार्थी संगठनहरुलाई प्रतिबन्ध लगाइँदा उनीहरूको अधिकार कुण्ठित हुने निष्कर्ष निकालेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार यस्तो कदम स्वीकार्य नहुने र पार्टी यसको विपक्षमा उभिने निर्णय गरिएको छ । साथै, बैठकमा देशको समसामयिक परिस्थिति, सरकारको क्रियाकलाप, पार्टीको आगामी कार्ययोजना लगायतको विषयमा छलफल भएको बताउँदै उनले अर्को बैठक वैशाख ३ गते बस्ने र निर्णयहरु सार्वजनिक गरिने बताए ।

सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय समावेश गरेपछि राजनीतिक दल तथा विभिन्न संगठनहरूले आपत्ति जनाउँदै आएको छ ।