काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिकामाथि कुनै विश्वास नरहेको बताएका छन् । आफ्ना जर्मन समकक्षी योहान वेडफुलसँगको फोन कुराकानीमा उनले अमेरिकामाथि विश्वास नरहेको बताएका हुन् ।
इरानको अर्ध-सरकारी मेहर समाचार एजेन्सीका अनुसार उनले इरानी प्रतिनिधिमण्डललाई पनि वार्ता भइरहेकोमा कुनै विश्वास छैन भने ।
अमेरिकाले बारम्बार आफ्ना वाचाहरू तोडेको र कूटनीतिलाई धोका दिएको भन्दै अराघचीले भने, “यसकारण इरानले अमेरिकालाई विश्वास गर्दैन ।” उनले सरकारले इरानी जनताको हित र अधिकारको रक्षा गर्न आफ्नो सम्पूर्ण शक्तिका साथ लड्ने बताए ।
युद्धविराम वार्ताका लागि अमेरिकी र इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको छ । वार्ता अबको केहीबेरमा सुरु हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले गरेका छन् ।








प्रतिक्रिया