काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले फेरि खरानीको थुप्रोबाट उठ्ने र निर्णायक शक्ति बन्ने बताएका छन् ।
शनिबार पार्टीको सम्पर्क विशेष संगठन कमिटीले नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजना गरेको भेटघाट, चियापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ वर्ष २०८३ लाई पार्टीको ‘पुनर्जागरण र पुनर्गठन वर्ष’ को रूपमा मनाउने घोषणा गरेका हुन् । निर्वाचनको धक्कापछि निराश बनेका कार्यकर्ताहरूलाई ऊर्जा भर्दै उनले २०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन भएको स्मरण गराए ।

‘२०६४ सालमा एमाले सकियो भन्नेहरूले २०७० मा एमालेको पुनरागमन देखेका थिए, इतिहास फेरि दोहोरिनेछ । हामी यो निराशालाई संकल्पमा बदल्नेछौँ,” महासचिव पोखरेलले, “संकल्पलाई आशामा बदल्नेछौँ । ८२ को पीडालाई ८३ को सफलताले धोइपखाली गर्नेछौँ ।”









प्रतिक्रिया