काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँसहित २ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका–५ बस्ने ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमान नगर–१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया