३२ असार २०८३, बिहिबार

काठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार ७ सय १९ चालक ट्राफिक कारबाहीमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लंघन गर्ने १ हजार ७ सय १९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लंघन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो ।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १७९ जना, सार्वजनिक सवारी साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना, अनावश्यक रूपमा हर्न बजाउने ४६ जना तथा निर्धारित स्थानमा यात्रु चढाउने/ओराल्ने नियम उल्लंघन गर्ने २० जना चालक पनि कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १,०९३ जना समेत कारबाहीमा परेका छन् ।

कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।