६ श्रावण २०८३, बुधबार

अझै भन्छु एमसीसी खारेज गर्नैपर्छ : हर्क साम्पाङ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरे । उनले उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने बताए ।

साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका मुद्दा अटल रहेको भन्दै एमसीसी खारेजको विषयमा आवाज उठाउने धारणा राखे ।

उनले लेखेका छन्, ‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौँ । उपसभामुख राज्यको पद हो, पार्टीको होइन । हाम्रो कुनै स्वार्थ छैन । हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन् । अझै भन्छु एमसीसी खारेज गर्नैपर्छ । शंका नगर्नु नेपाली रगतलाई ।’