२ श्रावण २०८३, शनिबार

उद्योग वाणिज्य महासंघको बैठक वैशाख ९ गतेलाई सर्‍यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठक स्थगित भई नयाँ मिति तय गरिएको छ ।

महासंघले यसअघि आज शनिबारका लागि कार्यकारिणी समितिको सोह्रौं बैठक आयोजना गर्ने तय गरेको थियो । तर उच्च अदालत पाटनबाट ६० औं वार्षिक साधारण सभा स्थगन गर्न अन्तरिम आदेश जारी भएपछि बैठक सारिएको हो ।

महासंघको २० औं पदाधिकारी समिति बैठकले कार्यकारिणी समितिको बैठक आगामी २०८३ वैशाख ९ गते बुधबारका लागि तय गर्ने निर्णय गरेको जनाएको छ ।