७ असार २०८३, आइतबार

फिल्म ‘परालको आगो’को गीत ‘निम्तो सुपारी’ सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी वैशाख ११ गतेबाट हलमा लाग्ने फिल्म ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो ।

सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन् । सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ ।

फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्का जोडी सौगात मल्ल र सिर्जना अधिकारी देखिएका छन् । उनीहरुको केमेष्ट्री मिलेको देखिन्छ । ग्रामिण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । यसअघि यो फिल्मको ‘उडि जाउँ भने, म पंक्षी होइन’ बोलको गीतले दर्शकमाझ लोकप्रियता कमाइरहेको छ । अब अर्को गीतले पनि दर्शकमाझ लोकप्रियता कमाउने देखिन्छ । लोकलयमा आधारित यस गीतलाई दर्शकले युटुबमा अपलोड भएसँगै चर्चा सुरु हुन थालेको छ ।

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् । लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ ।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् । फिल्मका गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने रंग संयोजन कनाल कँवरको छ । फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ ।

यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर, संगीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन् । फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ । यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ ।

त्यसैगरी, फिल्मको मिक्सिङ मुकेश शाह, निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन् । सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ । साथै, डिजिटल अधिकार ओएसआरले लिएको छ ।