११ असार २०८३, बिहिबार

प्रधानमन्त्री बालेनको निर्देशनमा औषधी विभागका महानिर्देशक तानिए, छानबिन गर्न निर्देशन

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । औषधिको मूल्य वृद्धि प्रक्रियामा अनियमितता भएको उजुरीपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल स्वास्थ्य मन्त्रालय तानिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परेको गुनासोका आधारमा प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनमा महानिर्देशक ढकाललाई मन्त्रालयमा तानेर स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो।

मन्त्रीस्तरीय निर्णयबाट सम्बन्धित महानिर्देशकलाई मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, घटनाबारे विस्तृत अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन स्वास्थ्य सचिवलाई जिम्मेवारी दिइएको छ। विभागले भने कानुनअनुसार नै केही औषधिको अधिकतम खुद्रा मूल्य तोकिएको दाबी गरेको छ।

निर्धारित सूचीबाहेक अन्य औषधिमा मूल्य तोकिएको नभएको पनि विभागले स्पष्ट पारेको छ।