१४ असार २०८३, आइतबार

रास्वपाले बोलायो संसदीय दलको बैठक

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो १ बजे संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेगरी दलको बैठक बोलाएको हो । बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी  ठाकुरलाई समर्थन गरिसकेको छ ।