६ असार २०८३, शनिबार

मेरिल्यान्डमा नेपाली मूलका सतीश चापागाईं चुनावी दौडमा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यमा नेपाली मूलका युवा नेता सतीश चापागाईं हाउस अफ डेलिगेट्स बन्न चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै आएका चापागाईं डिस्ट्रिक्ट ७ (ए)बाट डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्न आगामी जुन २३ मा हुने प्राइमरी इलेक्सनमा सहभागी हुनेछन् । डेमोक्रेटिकको प्राइमरीबाट शीर्ष दुई उम्मेदवार नोभेम्बरमा हुने निर्वाचनमा भाग लिनेछन्, जहाँ उनीहरूले रिपब्लिकन उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्राइमरी प्रतिस्पर्धामा हालसम्म चापागाईंसँगै लिडिया ब्राउन, चम बेकर र क्लिभलेन्ड रेनोल्ड जुनियर चुनावी मैदानमा छन् ।

करिब ८३ हजार मतदाता रहेको यस क्षेत्रमा पार्टीगत रूपमा रिपब्लिकन मतदाता बढी रहेको आकलन गरिएको छ ।

पत्रकारिताबाट राजनीति यात्रा सुरु गरेका चापागाईं नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष तथा हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन् ।

डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्य समेत रहेका चापागाईंले आफ्नो जितप्रति विश्वास व्यक्त गर्दै नेपाली मूलका अमेरिकी जनताको साथ, सहयोग समर्थन आफूमाथि रहेको बताए । आफू निर्वाचित भए नेपाली समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ ।

अमेरिकाभर हाल ११ जना नेपाली मूलका जनप्रतिनिधि विभिन्न तहमा निर्वाचित छन् ।