५ असार २०८३, शुक्रबार

मेटलाइफ फाउन्डेशनद्वारा नेपालका गैरसरकारी संस्थालाई अनुदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेटलाइफ फाउन्डेशनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम (सीआईजीपी)का नयाँ लाभग्राहीहरूको घोषणा गरेको छ । यस कार्यक्रममार्फत मेटलाइफ फाउन्डेशनले नेपालसहित विभिन्न देशका गैरनाफामुखी संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर सहयोग प्रदान गर्नेछ ।

सन् २०२३ मा सुरु गरिएको यो कार्यक्रम सन् २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको हो । यसले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र कल्याण, वातावरणीय दिगोपन, र सशक्त समुदाय निर्माणमा केन्द्रित समाधानहरू प्रदान गर्ने संस्थाहरूलाई सहयोग गर्दछ । यस वर्ष विश्वभरका १०० भन्दा बढी संस्थाहरूलाई अनुदान प्रदान गरिएको छ, जसमा नेपालका दुई संस्थाले सहयोग पाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सोलुखुम्बुको सोलुचामको व्एक परियोजनालाई दुई वर्षका लागि १,१०,००० अमेरिकी डलर अनुदान प्रदान गरिएको छ । यस परियोजनामार्फत ३,००० भन्दा बढी स्थानीयलाई वातावरणीय तालिम दिइनेछ, जसमा फोहोर व्यवस्थापन, वृक्षारोपण र सरसफाइसम्बन्धी कार्यक्रम समावेश छ ।

त्यसैगरी, सोसेक नेपालको सेफ कार्यक्रमलाई दुई वर्षका लागि १,९०,००० अमेरिकी डलर सहयोग प्रदान गरिएको छ । यस कार्यक्रमले किसान, युवा तथा साना व्यवसायलाई लक्षित गर्दै दिगो कृषि अभ्यास, सीप विकास र आर्थिक सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

फाउन्डेशनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टिया होजेसले भनिन्, “कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राममार्फत मेटलाइफ फाउन्डेशनले व्यक्तिहरू र समुदायको समग्र कल्याण सुधार गर्ने संस्थाहरूमा लगानी गरिरहेको छ । हामी मिलेर व्यक्ति र परिवारलाई चुनौतीहरू पार गर्न र अझ स्थिर तथा सक्षम बन्न सहयोग गर्दैछौँ ।”