काठमाडौं । श्रममन्त्री दीपककुमार साह पदमुक्त भएका छन् ।
आज प्रधानमन्त्री बालेन साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री साहलाई पदमुक्त गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकै सिफारिसमा प्रधानमन्त्री शाहले पदमुक्त गरेको जनाइएको छ। उनी चैत १३ गते मन्त्री नियुक्त भएका थिए।
मन्त्री बन्नुअघि र बनिसकेपछि पनि निरन्तर विवादमा तानिएपछि साहलाई प्रधानमन्त्रीले हटाएका हुन् । साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी–२ बाट निर्वाचित सांसद हुन् ।
उनीमाथि सांसद बन्नुअघि नै एमबीबीएस पास गराउने भन्दै रकम लिएको आरोप छ । यसैगरी मन्त्री बनेको हप्ता दिनभित्र उनले स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नी श्रीमती जुनु श्रेष्ठलाई नियुक्त गरेपछि थप आलोचना भएको थियो ।
श्रेष्ठ यसअघि चार वर्षका लागि बोर्डको सदस्यमा नियुक्त भएकी थिइन् । तर लगातार ११ वटा बैठकमा अनुपस्थित भएपछि कानूनतः उनको पद स्वत रिक्त भएको थियो । तर साह मन्त्री बनेलगत्तै उनलाई पुर्ननियुक्ति दिएका थिए ।








प्रतिक्रिया