२७ असार २०८३, शनिबार

विवादित श्रममन्त्री साहलाई हटाउँदै प्रधानमन्त्री बालेन

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र साह ‘बालेन’ले विवादित श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् ।

मन्त्री बन्नुअघि र बनिसकेपछि पनि निरन्तर विवादमा तानिएपछि साहलाई प्रधानमन्त्रीले हटाउन लागेका हुन् । साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी–२ बाट निर्वाचित सांसद हुन् ।

उनीमाथि सांसद बन्नुअघि नै एमबीबीएस पास गराउने भन्दै रकम लिएको आरोप छ । यसैगरी मन्त्री बनेको हप्ता दिनभित्र उनले स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नी श्रीमती जुनु श्रेष्ठलाई नियुक्त गरेपछि थप आलोचना भइरहेको छ ।

श्रेष्ठ यसअघि चार वर्षका लागि बोर्डको सदस्यमा नियुक्त भएकी थिइन् । तर लगातार ११ वटा बैठकमा अनुपस्थित भएपछि कानूनतः उनको पद स्वत रिक्त भएको थियो । तर साह मन्त्री बनेलगत्तै उनलाई पुर्ननियुक्ति दिएका थिए ।

साहलाई हटाएपछि प्रधानमन्त्री बालेनले आफ्नै तर्फबाट श्रममन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । जसमा चार जनाको नाम अगाडि आएको छ । धनुषा ४ का राजकिशोर महतो, रौतहट ३ बाट प्रभु शाहलाई हराएका रवीन्द्र पटेल, सप्तरी ४ का सीताराम शाह श्रममन्त्रीको चर्चामा छन् ।