काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा एकैदिन कम्तिमा २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ भन्दा बढी घाइते भएका छन् । इजरायलले लेबनानको राजधानी बेरुत लगायत धेरै स्थानमा बमबारी गरेको हो । इजरायली आक्रमणपछि बिहीबार सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।
लेबनानी प्रधानमन्त्री नवाफ सलामले इजरायली आक्रमण रोक्न देशका सबै राजनीतिक र कूटनीतिक स्रोतहरू परिचालन गरिरहेको बताए ।
यसैबीच, इजरायल–अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि मध्यपूर्वमा शान्ति कायम हुन सकेको छैन । युद्धविरामको विवाद गहिरिँदै गएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले लेबनान युद्धविराम सम्झौताको हिस्सा नभएको बताएका छन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले युद्धविराम लागू गर्ने वा इजरायलमार्फत युद्ध जारी राख्ने भन्ने निर्णय गर्नुपर्ने बताएका छन् ।








प्रतिक्रिया