काठमाडौं । गुजरात टाइटन्सले जारी आईपीएलअन्तर्गत दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।
गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।
दिल्लीका लागि केएल राहुलले ९२ रन बनाएका थिए भने डेभिड मिलर र पाथुम निसान्काले ४१/४१ रन बनाएका थिए ।
त्यस्तै, गुजरातका बलर राशिद खानले ३ विकेट लिए भने प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले सर्वाधिक ७० रन बनाए भने वाशिंटन सुन्दरले ५५ र जोस बटलरले ५२ रन बनाएका थिए । यसअघि लगातार दुई खेलमा हार बेहोरेको गुजरातको यो पहिलो जित हो ।
त्यस्तै, दिल्लीको तेस्रो खेलमा यो पहिलो हार हो ।
आइपीएलअन्तर्गत आज कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ ।








प्रतिक्रिया