४ श्रावण २०८३, सोमबार

नेटोको आलोचना गर्दै ट्रम्पले भने– हामीलाई जतिबेला जरुरत थियो साथ दिएन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धन नेटोको आलोचना गरेका छन् । उनले यो गठबन्धन आवश्यकताको समयमा अमेरिकाको साथमा नउभिएको टिप्पणी गरे ।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै नेटो विगतमा पनि अमेरिकासँग सँगै थिएन र भविष्यमा पनि हुनेछैन भने ।

‘हामीलाई आवश्यक परेको बेला नेटो त्यहाँ थिएन, र यदि हामीलाई फेरि आवश्यक परेमा तिनीहरू त्यहाँ हुने थिएनन् । ग्रीनल्याण्डलाई सम्झनुहोस्, त्यो ठूलो, खराब दौड, बरफको टुक्रा !!!’ ट्रम्पले भनेका छन् । ट्रम्पले डेनमार्कको नियन्त्रणमा रहेको ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने बताउँदै आएका छन् ।