६ श्रावण २०८३, बुधबार

पाटनमा चक्कु प्रहार गरी दाजुभाइको हत्या

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई जना दाजुभाइको हत्या भएको छ ।

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ हत्या भएको हो ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार साँझ एउटा सामान्य फोन कल गलत नम्बरमा जाँदा विवाद सुरु भएको थियो । एकअर्कालाई नचिनेका उनीहरुबीच फोनमै भनाभन भएको थियो । त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटन बोलाए ।

इमाडोलबाट पाटन पुगेका उनीहरूमाथि मासु पसलमा काम गर्ने सञ्जीवले घरेलु हतियार (चक्कु)ले प्रहार गरेका थिए ।

घटनापछि प्रहरीले सञ्जीवसहित दुई जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ ।