५ श्रावण २०८३, मंगलबार

टाटाको ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ क्याम्प, टाटा कार खरिद गर्दा आईपीएल हेर्न जाने मौका

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ ।

नँया वर्षको शुभ अवसरमा आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटाको नँया गाडी लिन खोज्ने ग्राहकहरुलाई लक्षित गर्दै कम्पनीले यही चैत २७ गतेदेखि चैत ३० गते सम्म ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ क्याम्पको आयोजना गर्न लागेको हो ।

यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्रमार्फत भारतमा जारी टाटा आईपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि रहेको छ । यसको साथै, आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डिसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष लाभहरू समावेश भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै टाटा मोटर्सले ग्राहकहरूलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारी साधनसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य लिएको छ । इच्छुक ग्राहकहरूले यस योजनाको लाभ उठाउन नेपालभर रहेका टाटा मोटर्सको सोरुममा गएर विस्तृत जानकारी लिन सक्नेछन् ।