काठमाडौं । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविरामको घोषणा भएपछि इराकी नागरिकहरुले पनि उत्सव मनाएका छन् । राजधानी बगदादमा धेरै मानिसहरू सडकमा उत्रिएर खुशीयाली मनाएका हुन् ।
मध्यपूर्व युद्धले इराकलाई पनि प्रत्यक्ष असर गरिरहेको थियो । यहाँ इरान समर्थक समूहहरू र अमेरिकी सेनाबीच आक्रमणहरू भएको थियो ।
युद्धविराम घोषणाअघि मंगलबार राति इराकमा भएका धेरै आक्रमणहरूमा दुई बालबालिकासहित कम्तिमा सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।








प्रतिक्रिया