काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।
बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरिएको हो ।
कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, नेकपा (एमाले)बाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपा (माओवादी केन्द्र)बाट संविधानसभा सदस्य एवं पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्य रहेका छन् ।








प्रतिक्रिया