२७ असार २०८३, शनिबार

सार्वजनिक बिदाका कारण सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ)को मितिमा सामान्य हेरफेर गरेको छ । यसअघि २०८३ वैशाख २ गतेदेखि निष्काशन गर्ने तयारी गरिएको भए तापनि गृह मन्त्रालयको सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले अब वैशाख ३ गतेदेखि मात्रै आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि यसअघि नै शेयर बाँडफाँट गरिसकिएको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । निष्काशन अवधि छिटोमा वैशाख ८ गतेसम्म रहनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा वैशाख १७ गतेसम्म लम्बिन सक्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो शेयर’ अनलाइन पोर्टल र एपमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।