काठमाडौं । ४० दिनदेखि जारी अमेरिका र इरानबीचको युद्ध २ हप्ता लागिका युद्धविराम सहमति भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुखको अपिलपछि यो निर्णय लिइएको बताएका छन् ।
यो युद्धविराम लेबनान लगायत अन्य क्षेत्रहरूमा पनि लागू हुने पाकिस्तानी प्रधानमन्त्री सरिफले बताएका छन् ।
युद्धविरामको एक दिन अगाडि ट्रम्पले इरानलाई कडा चेतावनी दिएका थिए । उनले जहाजहरूलाई होर्मुजको जलडमरूबाट सुरक्षित बाटो प्रदान नगरिए इरानको सम्पूर्ण सभ्यतालाई ध्वस्त पार्ने चेतावनी दिएका थिए ।
युद्धविरामअन्तर्गत अमेरिका र इजरायलले इरानमाथि आक्रमण रोक्नेछ । इरानले पनि आक्रमण बन्द गर्नेछ । साथै, इरानी सेनाको सहयोगमा होर्मुजको जलडमरूम हुँदै तेल, ग्यास र अन्य जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गरिनेछ ।
अमेरिका र इरानबीच औपचारिक वार्ता अप्रिल १० मा पाकिस्तानको राजधानी इस्लामाबादमा हुनेछ ।
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो १० बुँदे सर्त स्वीकार गरेको दाबी गरेको छ । परिषद्ले यो सम्झौता इरानको सर्तमा भएको र यसलाई इरानको विजयको रूपमा वर्णन गरेको छ ।
यस्तो छ इरानले अमेरिकालाई पठाएको १० बुँदे सर्त
इरानमाथि सबै आक्रमणहरू पूर्ण रूपमा बन्द हुनुपर्छ
इरानमाथि सबै प्रतिबन्धहरू हटाउनुपर्नेछ
इरानी सम्पत्तिहरू फिर्ता गर्नुपर्नेछ
युद्धको स्थायी अन्त्य हुनुपर्नेछ
अमेरिकी सेना फिर्ता हुनुपर्नेछ
युद्धमा भएको क्षतिको क्षतिपूर्ति
हर्मुज जलडमरूमाथि इरानको नियन्त्रण जारी रहनुपर्नेछ
हर्मुज जलडमरूमा सुरक्षित आवागमन इरानी सेनासँगको समन्वयमा हुनुपर्नेछ
प्रतिजहाज शुल्क लिइनेछ
लेबनानमा हिजबुल्लाहमाथि आक्रमण लगायत क्षेत्रीय तनाव अन्त्य हुनुपर्नेछ










प्रतिक्रिया