३१ असार २०८३, बुधबार

युद्धविरामको बावजुद इजरायल र इरानबीच आक्रमण जारी

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरान र अमेरिकाबीच दुई हप्ताको युद्धविराम घोषणा भए पनि इजरायल र इरानबीच भने आक्रमण जारी रहेको छ ।

मिडिया रिपोर्टकाअनुसार इजरायली वायुसेनाले इरानमा आक्रमणहरू जारी राखेको छ । इरानले पनि इजरायलमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले युद्धविराममा लेबनान पनि समावेश भएको बताए पनि इजरायलले हिजबुल्लाहविरुद्धको कारबाही पनि जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।