१८ असार २०८३, बिहिबार

अमेरिकाले इरानविरुद्धको सबै सैन्य कारबाही रोक्यो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानविरुद्धको सबै आक्रामक सैन्य कारबाहीहरू स्थगित गरेको छ ।

एक उच्च अधिकारीका अनुसार अनुसार आक्रामक कारबाहीहरू पूर्ण रूपमा रोकिएको छ । तर रक्षात्मक कारबाही भने जारी रहनेछ ।

यसअघि आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण दुई हप्ताको लागि रोक्ने घोषणा गरेका थिए । उनले इरानबाट प्राप्त भएको १० बुँदे प्रस्ताव सम्झौताका लागि आक्रमण स्थगित गर्न आफू सहमत भएको जानकारी गराएका थिए ।

यसैबीच, पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबीच भएको वार्ताबारे ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले छलफल जारी रहेको बताइन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्– आमनेसामने वार्ताको बारेमा छलफल जारी छ, तर राष्ट्रपति वा ह्वाइट हाउसले घोषणा नगरेसम्म केही पनि अन्तिम हुँदैन ।