२ श्रावण २०८३, शनिबार

आज पनि लुम्बिनी प्रदेश सभा बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठक आज बस्दैछ ।

प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

यस्तै, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएको छ ।

गत चैत २२ गतेबाट सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गतका बैठकहरु निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ ।