१४ असार २०८३, आइतबार

ट्रम्पले इरानमाथिको आक्रमण २ हप्ताका लागि रोके, इरानले युद्धविरामको पुष्टि गर्‍यो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण दुई हप्ताको लागि रोक्ने घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै इरानले तुरुन्तै हर्मुज जलडमरू पुनः खोल्ने सर्तमा दुई हप्ताको लागि बम विष्फोट र आक्रमण स्थगित गर्न आफू सहमत भएको जानकारी गराएका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरको अपीलपछि आफूले यो निर्णय गरेको ट्रम्पले बताए ।

ट्रम्पले भने, ‘हामीलाई इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ ।’ ट्रम्पका अनुसार दुई देशहरूबीच पहिलेका करिब सबै विवादित मुद्दाहरूमा सहमति भइसकेको छ । सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न आगामी दुई हप्ता आवश्यक पर्नेछ ।

यसैबीच, इरानले पनि अमेरिकासँग युद्धविरामको पुष्टि गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च नेता मोज्तबा खामेनीको स्वीकृतिमा यो सम्झौता भएको हो ।

विज्ञप्ति अनुसार थप वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा हुनेछ ।