२ श्रावण २०८३, शनिबार

रूपन्देही सुपर लिग : देवदहले सैनामैलालाई ७ रनले हरायो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । देवदह क्रिकेट युनिट भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनको मंगलबारको खेलमा विजयी भएको छ । देवदहले सैनामैला क्रिकेट क्लबलाई ७ रनले हराउँदै जित दर्ज गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले ३३ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २० रन बनायो । उसका लागि रोशन गौतमले ३२, कृष्ण कार्कीले २८ र सुमन पाण्डेले १२ रन बनाए । बलिङमा सैनामैनाका किरण भट्टराईले ९ ओभर ३ बल बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट हात पारे ।

यस्तै, योभ यादव, सुनिल पौडेल र निश्चल क्षेत्रीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले ३२ ओभरमा अलआउट हुँदै १ सय १३ रन मात्रै बनायो र झिनो रनअन्तरले पराजित भयो । उसका लागि सुनिल पौडेलले ३१, सुशान्त क्षेत्रीले २३, किरण भट्टराईले १८ र निश्चल क्षेत्रीले ११ रन बनाए ।

बलिङमा देवदहका रोशन गौतमले ७ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट हात पारे ।

यस्तै, कृष्ण पराजुलीले ३ तथा शशिधर टण्डन र विष्णु कटरियाले १–१ विकेट लिए । खेलमा रोशन गौतम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।