काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
उनलाई उच्चरक्तचाप बढेको अस्पतालले बताएको छ । उनको पेटमा ग्यास पनि भरिएको छ ।
यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ ।








प्रतिक्रिया