काठमाडौं । इरानी सरकारले आफ्ना नागरिकहरूलाई आज देशभरका पावर प्लान्टहरू नजिक मानव साङ्लो बनाउन अपिल गरेको छ । इरानले विशेष गरी युवा, कलाकार र खेलाडीहरूलाई यस्तो अपिल गरेको हो ।
सरकारले आफ्नो उद्देश्य सार्वजनिक पूर्वाधारलाई अमेरिकी आक्रमणबाट जोगाउनु रहेको बताएको छ ।
इरानका युवा तथा खेलकुद उपमन्त्री अलिरेजा रहिमीले अमेरिकी बम विस्फोटको धम्कीलाई निन्दा गर्न देशभरका पावर प्लान्टहरूमा मानव साङ्लो बनाउन आह्वान गरे ।
‘हामी सबै हात मिलाएर भन्नेछौँ कि सार्वजनिक पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध हो’ रहिमीले सामाजिक सञ्जालमा लेखेका छन् ।








प्रतिक्रिया