१० असार २०८३, बुधबार

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दैछ । हेटौंडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा दिउँसो ४ बजे सभाको बैठक बस्न लागेको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा बैठक बोलाएका हुन् ।

प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो ।