स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा भित्री सडकमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
सोमबार साँझ पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवातर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइते भएकाहरुलाई उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा स्याङ्जा बिरुवा गाउँपालिका–४ का ८ वर्षीया एन्जल नेपाली, १३ वर्षीय कृष्चल दर्जी, ५० वर्षीय मानसिङ गुरुङ, ५९ वर्षीया दालमाया गुरुङ, ६५ वर्षीया रेमकुमारी बस्याल रहेका छन् ।
यसैगरी, पुतलीबजार नगरपालिका–७ की ५७ वर्षीया चन्द्र सुब्बा गुरुङ, ३३ वर्षीया शर्मीला नेपाली, उनका साढे २ वर्षका छोरा कृष्ण नेपाली, कास्की पोखरा महानगरपालिका–११ की ६० वर्षीया विष्णुमाया गुरुङ, पोखरा–१५ की ६० वर्षीया बिमला गुरुङ र पोखरा–१७ की ५६ वर्षीया सिता वाग्ले घाइते भएका छन् ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया