काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुजको जलडमरू खोल्न दिएको समयसीमा आज सकिएको छ । ट्रम्पले आइतबार इरानलाई होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका थिए । उक्त समयसीमा आज (मंगलबार) समाप्त भएको हो ।
ट्रम्पले ४८ घण्टाभित्र सम्झौता गर्न चेतावनी दिँदै होर्मुज नखोलिए इरानको पावर प्लान्ट, पुल लगायतको महत्त्वपूर्ण पूर्वाधारहरूमा ठूलो आक्रमण गरिने चेतावनी यसअघि नै दिइसकेका छन् ।
ट्रम्पले सोमबार पनि अमेरिकी मिडियासँग मंगलबारसम्म होर्मुज खोल्ने समयसीमा अन्तिम हो भनेका थिए ।
‘यो लम्ब्याइने छैन । इरानले तोकिएको समयभित्र निर्णय लिनुपर्छ । यदि इरानले अमेरिकी सर्तहरू स्वीकार गर्छ भने युद्ध चाँडै समाप्त हुनसक्छ ।’ ट्रम्पले भनेका थिए । इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न अनुमति नदिने पनि ट्रम्पको भनाइ थियो ।








प्रतिक्रिया