३० असार २०८३, मंगलबार

एमाले सांसदहरूले गराए साइबर ब्यूरोको ध्यानाकर्षण

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले साइबर ब्यूरोको ध्यानाकर्षण गराएका छन् ।

आज एमाले सचिव एवम् सांसद पद्मा कुमारी अर्याल, सांसद रामकुमारी झाँक्री, टुकाभद्र हमाल लगायत नेताहरू ब्यूरोमा पुगेर ध्यानाकर्षण गराएका हुन् । एमाले समर्थनमा विरोध प्रदर्शनमा सहभागी हुँदा साइबर बुलिङ बढिरहेका बेला सांसदहरूले ध्यानाकर्षण गराएका हुन् ।

‘पछिल्ला १० वर्षमा साइबर बुलिङको सिकार भएको पात्र म पनि हुँ। स्वतन्त्र अनुसन्धानहरूले त्यो देखाएको छ। अन्याय सहने कुरा पनि अर्को प्रकारले पीडित हुने कुरा रहेछ भनेर आएको हुँ। अहिले बलात्कार र अपहरण गर्ने मात्र होइन, हत्या गर्ने, एसिड फ्याँक्ने, घरमा आगो लगाउने जस्ता घटना र घृणाको बढोत्तरी छ,’ एमाले सांसद झाक्रीले भनिन्।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला, केटी र केटाहरूमाथि पनि साइबर बुलिङका घटना बढेको उनले बताइन्।