२९ असार २०८३, सोमबार

पूर्व मिस नेपाल उषा खड्कीको पूर्व पतिसँगको लफडा प्रहरीमै पुग्यो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी र उनका पूर्वपति बीचको व्यक्तिगत विवाद प्रहरीसम्मै पुगेको छ। विवाद बढ्दै गएपछि खड्गीले भक्तपुर प्रहरीको महिला सेवा कक्षमा औपचारिक उजुरी दर्ता गराएकी हुन्।

उजुरी दर्तापछि प्रहरीले खड्गी र उनका पूर्वपति जीपी तिमल्सिना दुबैलाई उपस्थित गराएर सोमबार छलफल गराएको जनाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्य खड्काले दुवै पक्षलाई बोलाएर विषय समाधानका लागि संवाद अघि बढाइएको जानकारी दिए ।

यसअघि खड्गीले सामाजिक सञ्जालमार्फत आफ्नो वैवाहिक जीवनका समस्या तथा सम्पत्ति सम्बन्धी विवाद सार्वजनिक गरेकी थिइन्। लामो समयदेखि चल्दै आएको यो विवाद अन्ततः कानुनी प्रक्रियासम्म पुगेको हो।

करिब १७ वर्षसम्मको वैवाहिक सम्बन्धमा आफूले निरन्तर मानसिक तथा शारीरिक पीडा भोग्नुपरेको उल्लेख गर्दै खड्गीले २०७६ सालमै सम्बन्धविच्छेद गरेकी थिइन्। तर सम्बन्ध अन्त्य भए पनि सम्पत्ति बाँडफाँडपछि उनीहरू एउटै घरमा छुट्टाछुट्टै बस्दै आएका छन् ।

सम्बन्धविच्छेदपछि जीपीले दोस्रो विवाह गरिसकेका छन् ।