२५ असार २०८३, बिहिबार

नेपालमा यौनधन्दा चलाउँदै आएका युगाण्डाका २ जना महिला डिपोर्ट

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा बसेर यौन धन्दा गर्दै आएका दुईजना युगाण्डाका महिलालाई देश निकाला गरिएको छ ।

फागुन ११ गते ठमेलबाट पक्राउ परेका २० युगाण्डियन युवतीमध्ये दुईजनालाई डिपोट गरिएको हो । डिपोर्ट हुनेमा हजाराह बाटामुलिसा कलाना र बिट्टी नानबुदु हुन् ।

बाँकी १८ जनालाई निगरानीमा राखिएको छ ।

उनीहरूलाई पक्राउ गरेपछि काठमाडौंस्थित सम्बन्धित देशको दूतावाससँग समन्वय गरिएको थियो । त्यसक्रममा दूतावासले आफ्ना नागरिकको जिम्मेवारी लिएको, जिम्मेवारी लिन नचाहेकालाई अध्यागमनमा पेश गरिँदा डिपोर्ट भएका हुन् ।