३० असार २०८३, मंगलबार

झुक्काएर जग्गा लिजमा दिएर ठगे, कानूनी उपचारमा जान्छु : गृहमन्त्री गुरूङ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुदन गुरूङले पोखराको जग्गा प्रकरणमा आफू ठगिएको दावी गरेका छन् । उनले दश वर्षअघि जग्गा धनीले मापदण्डभित्र नपर्ने भनेर झुक्काएर आफूहरूलाई लिजमा दिएको बताएका हुन् ।

आफूहरूलाई झुक्काएर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउने बित्तिकै आफूले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको उनको भनाइ छ ।

उनले आफू कानूनी उपचारमा जाने पनि स्पष्ट पारे ।

उनले भने, ‘देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठुलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौँ। जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए। लालपुर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ। हामीलाई झुक्क्याएर, ठगेर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ। एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन,’ मन्त्री गुरुङले भनेका छन्। हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध, कडाभन्दा कडा कानुनी उपचारका लागि हामी अब कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभई अगाडि बढ्ने ब्यहोरा सबैमा अवगत गराउन चाहन्छु,’ मन्त्री गुरुङले भने।